पुलिसले चोरेको सरकारी सम्पत्ति विद्यालय सञ्चालकलाई फिर्ता

IMG-20230528-WA0320-5-300x172-5

सिलगढीः प्रधाननगर पुलिसले चोरीको सरकारी सम्पत्ति बरामद गरी विद्यालयलाई फिर्ता गरेको छ। गत दिसम्बर २० राति चम्पासरी क्षेत्रमा रहेको श्रीगुरु विद्या मन्दिर विद्यालयको मिड डे मिल घरको ताला तोडेर अपहरणकारीले ग्यास सिलेन्डर र पानी पम्प चोरी गरेका थिए।

घटनापछि प्रधाननगर पुलिस थानालाई विद्यालयका व्यवस्थापकले दिसम्बर २१ खबर गरेका थिए । पछि चोरीको उजुरी पनि परेको थियो । घटनाको अनुसन्धान गर्दै पुलिसले गत दिसम्बर ३१ विद्यालयमा चोरी गरेको आरोपमा समरनगर क्षेत्रबाट शम्भु विश्वास र विकास बर्मनलाई पक्राउ गरेको थियो। दुवैलाई सोधपुछ गरेपछि पुलिसले चोरीका सामान पनि बरामद गरेको छ। त्यसपछि आज कानुनी प्रक्रिया पूरा गरी पुलिसले ती सामान विद्यालय व्यवस्थापनलाई फिर्ता गरेको हो । सामान फिर्ता पाएपछि विद्यालय व्यवस्थापन निकै खुसी भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement