जलपाइगढीः जिल्ला स्तरीय विद्यालय आधारित खेलकुद प्रतियोगिता आयोजना गर्ने सम्बन्धमा जलपाइगढीमा एक बैठकको आयोजना गरिएको थियो। ८५ औं जिल्ला खेलकुदको आयोजना सम्बन्धमा जलपाइगढी मोहित नगरकालोनी टीपी हाईस्कूलमा आयोजक समिति, क्षेत्रीय समिति र विभिन्न उपसमितिको छलफल बैठक आयोजना गरिएको थियो। प्रतियोगिता गयो। बैठकमा जलपाइगढी जिल्ला परिषद शिक्षा विभाग प्रमुख प्रणयिता दास, अरविन्द ग्राम पञ्चायत प्रधान राजा मण्डल र विद्यालयका शिक्षकहरू उपस्थित थिए।