देवाशीष प्रमाणिकलाई फेरि टीएमसी डाबग्राम-फूलबारी ब्लक अध्यक्षको पदभार

8ec37fcf-a2be-4337-a8db-3b2b97621a32-1024x575-1

राजगञ्ज: तृणमूल कङ्ग्रेसको डाबग्राम-फूलबारी ब्लक अध्यक्षका रूपमा फेरि देवाशीष प्रमाणिकलाई पदभार सुम्पिएको छ। यसभन्दा अघि देवाशीष प्रमाणिकले लगभग ८ वर्षसम्म ब्लक अध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् भने तिनलाई फेरि पनि यो जिम्मा दिएको छ। यसवाहेक, गौतम गोस्वामी उपाध्यक्ष अनि अरिन्दम ब्यानर्जी तृणमूल कङ्ग्रेस राजगञ्ज ब्लक अध्यक्ष छनौट भएको छ। यसैगरी, अरिन्दम ब्यानर्जीलाई पनि दोस्रो पल्ट ब्लक अध्यक्षको जिम्मेवारी दिएको छ।आज डाबग्राम-फूलबारी ब्लक नेतृत्व, क्षेत्रीय नेतृत्व, श्रमिक संगठन अनि समर्थकहरूले ब्लक अध्यक्ष देवाशीष प्रमाणिक र उपाध्यक्ष गौतम गोस्वामीलाई फुलका मालाहरू लगाइदिएर तिनीहरूलाई स्वागत जनाए।

अर्कोतिर, राजगञ्ज ब्लक अध्यक्ष अरिन्दम ब्यानर्जीलाई माझियाली ग्राम पञ्चायतका प्रधान सुमित दत्तले सम्मानित गरे।

About Author

Advertisement