कोलकाताः कृष्णनगर पुलिस जिल्लाको पहल र नवद्वीप पुलिसको व्यवस्थापनमा सर्वसाधारणसँग जनचेतनामुलक कार्यक्रम अन्तर्गत अत्याधिक चिसोलाई ध्यानमा राखी खाँचोमा परेकाहरूलाई कम्बल, लामखुट्टे र खाना पकाउने उपकरण प्रदान गरिएको हो। नवद्वीप पुलिस थानाको व्यवस्थापनमा आयोजित कार्यक्रममा नवद्वीप सहरका विभिन्न सहरी वार्ड तथा ग्रामीण क्षेत्रका ४७० गरिब तथा असहाय व्यक्तिलाई कम्बल, लामखुट्टे, खाना पकाउने उपकरणलगायत सामग्री वितरण गरिएको थियो।
सो अवसरमा कृष्णनगर पुलिस जिल्ला प्रहरी उपरीक्षक अमरनाथ, नवद्वीप विधायक पुण्डरीकाक्ष साह, मेयर बिमन कृष्ण साह, नवद्वीप पञ्चायत समितिका अध्यक्ष मञ्जुरानी घोष तथा नवद्वीप नगरपालिकाका विभिन्न वार्डका पार्षद तथा विभिन्न ग्राम पञ्चायतका प्रमुखहरूको उपस्थिति रहेको थियो।