कुखुराले भरिएको एउटा सानो गाडी नियन्त्रण गुमाएर खाल्डोमा खस्यो

a4064f79-4a67-4232-bdff-b21e7279a7b7


जलपाइगढीः आज बिहान कुखुराले भरिएको एउटा सानो गाडी अनियन्त्रित भई राष्ट्रिय राजमार्गको खाल्डोमा खसेको छ। यो घटना बिहीबार बिहान राष्ट्रिय राजमार्ग ३१ को चाल्सा मालबजारतर्फको शालबारी चोकसँग जोडिएको क्षेत्रमा भएको हो। सूचना पाएलगत्तै मटेली पुलिस थानाले गएर गाडी बरामद गरेको थियो। तर दुर्घटनामा कुनै हताहतीको खबर भने आएको छैन। प्राप्त जानकारी अनुसार आज बिहान गाडी कुखुरा बोकेर चाल्साबाट मालबजार जाँदै थियो। बाटोमा शालबारी टर्न नजिकैको इलाकामा गाडी अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो। गाडीमा रहेका धेरै कुखुरा पनि मरेका छन्। पुलिस स्रोतका अनुसार दुर्घटनामा परेको गाडीलाई बरामद गरी चाल्सा क्याम्पमा ल्याइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement