सिलगढीः तृणमूल कंग्रेसका वरिष्ठ नेता देवाशिष प्रमाणिक फेरि डबग्राम फुलबारी ब्लकको सभपति बनेका छन्। तृणमूल कंग्रेस डाबग्राम फुलबारी ब्लकको अध्यक्ष पदको जिम्मेवारी हिजो राति उनलाई दिइएको थियो। उपाध्यक्षको जिम्मेवारी गौतम गोस्वामीले पाएका छन्। नाम घोषणा भएको केही घण्टामै नवनिर्वाचित सभापति र उपसभापतिलाई लगातार बधाई दिनेहरूको घुँइचो देखिएको छ। बिहीबार बिहानै फुलबारीस्थित देवाशिष प्रमाणिकको निवासमा हजारौं कार्यकर्ता तथा समर्थक भेला भएका थिए।
देवाशिष प्रमाणिक विगत आठ वर्षदेखि डाबग्राम फुलबारी विधानसभा क्षेत्रका ब्लक सभापति रहि आएका छन्। आठ वर्षपछि फेरि तिनलाई पुरानो जिम्मेवारी दिइएको छ। पुरानो जिम्मेवारी पाएपछि उनले सबैलाई सँगै लिएर काम गर्ने बताए। डाबग्राम फुलबारी क्षेत्रका पार्टी कार्यकर्ता र समर्थकहरूले बिहीबार ब्लक सभापति देवाशिष प्रामाणिक र ब्लक उपाध्यक्ष गौतम गोस्वामीलाई स्वागत गरे।