खरसाङ: खरसाङ बजारलाई स्वच्छ राख्ने विषयमा खरसाङ नगरपालिकाद्वारा सचेतना कार्यक्रम आयोजना गरिएको छ। उक्त सचेतना कार्यक्रम खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा वार्ड नम्बर १६, १७ र १८ लाई लिएर आयोजना गरिएको छ। खरसाङ नगरपालिकाले फोहोर मैला प्रबन्धनमाथि विभिन्न वार्डहरूमा सचेतना कार्यक्रमहरू आयोजना गर्दै आईरहेका छन्। यसै क्रममा आज १६, १७ र १८ नम्बर वार्डहरूलाई लिएर उक्त सचेतना कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरूले फोहोर मैला प्रबन्धनमाथि वक्तव्य राख्दै सचेतना गराएका थिए। यस सचेतना कार्यक्रममा वक्ताहरूले खरसाङ शहरलाई स्वच्छ र सुन्दर राख्ने विषयमा विभिन्न कुराहरू राखेका थिए।

शहरलाई स्वच्छ राख्नलाई नगरपालिकाले मात्र काम गरेर हुँदैन तर सबै जनता पनि सचेत भएर अघि आउनु पर्ने साथै प्रत्येकले आफ्नो घरबाट नै सर सफाई गरेर गाउँलाई सफा राख्न सके शहर पनि सफा हुने सुझावहरू राखिएको थियो। यस सचेतना कार्यक्रममा खरसाङ नगरपालिकाको पदाधिकारीहरू लगायत तीनवटै वार्डहरूका स्थानीय समाजका प्रतिनिधिहरू र जनसाधारण पनि उपस्थित रहेका थिए। यस फोहोर मैला प्रबन्धनमाथि राखिएको सचेतना कार्यक्रम विषयमा बोल्दै स्थानीय शशि थापाले विस्तृत रूपमा बताएका छन्।