भाजपा जयगाउँ मण्डल कमिटीको पक्षबाट सरसफाई सम्पन्न

d77492c8-3cbf-4069-8ab1-839c1e121b3e

कालचिनीः आउँदो २२ जनवरीको दिन अयोध्या राम मन्दिरको प्राण प्रतिष्ठा दिवसलाई ध्यानमा राखेर बिहीबार भाजपा जयगाउँ अञ्चल कमिटीको पक्षबाट जयगाउँ सुपर मार्केट संलग्न हनुमान मन्दिर, एनएस रोड स्थित काली मन्दिर र जयगाउँ थाना संलग्न मन्दिरमा व्यापक सरसफाई गरिएको जानकारी भाजपा जयगाउँ मण्डल सभापति राजेश छेत्रीले दिएका छन्। मूलतः राम मन्दिरको स्थापना पश्चात आगामी २२ जनवरीको दिन प्राण प्रतिष्ठा हुने भएकोले सरसफाई अभियान चलिरहेको र यस क्रममा मन्दिरहरूको सरसफाई गरिएको भाजपा जयगाउँ मन्डल सभापति राजेश छेत्रीले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement