तीनधारेमा तीन दिवसीय छ्या न्युङ्ने ब्रत पूजा आयोजना

IMG-20240118-WA0202.jpg

खरसाङ: म्हाणिपा संघ तीनधारेको आयोजनामा तीनधारेको राजबारीस्थित सामतेन छोईलिङ म्हाणि लाखाङमा तीन दिवसीय एक छ्या न्युङ्ने ब्रत भईरहेको छ। १७ जनवरीदेखि शुरु यो न्युङ्ने आज पनि सम्पन्न भएको छ भने आगामी १९ जनवरीको दिन समाप्त हुने भएको छ। उक्त न्युङ्नेमा प्रमुख लामाको रूपमा तकदाहबाट आएका लामा कुङछुङ ग्याल्छेनको अगुवाईमा साथै सोनादा र खरसाङबाट आएका लामा म्हेम्हेहरूको सहभागितामा न्युङ्ने पूजा भईरहेको छ।

उक्त न्युङ्नेमा १५ देखि २० जना न्युङ्ने ब्रत लिएकाहरू सामेल छन्। उक्त तीव दिवसीय न्युङ्नेमा सहभागिता विभिन्न तरिकाले सहयोग गर्ने सबैप्रति म्हाणिपा संघ तीनधारेको पक्षमा कोषाध्यक्षा शान्ति तामाङले धन्यवाद दिएका छन्।

उनले बताए अनुसार यो तीन दिवसीय न्युङ्नोको समापन १९ जनरीको दिन तकदाहबाट आएका प्रमुख लामा कुङछुङ ग्याल्छेनको बाहुलीबाट अभिषेक वाङ वितरणपछि समाप्त हुने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *