नयॉं दिल्ली: केन्द्र सरकारले अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा समारोहको अवसरमा देशमा सबै केन्द्रिय सरकारी कार्यालय, केन्द्रिय संस्थान र केन्द्रिय औद्योगिक प्रतिष्ठानहरू २२ जनवरीका दिन दिउॅंसो २:३० बजीपछिि बन्द राख्ने घोषणा गरेको छ।
यस सम्बन्धमा कार्मिक एवं प्रशिक्षण विभागले एउटा अफिस मेमोरण्डम जारी गरेको छ। यसमा भनिएको छ, २२ जनवरीका दिन राम जन्मभूमि प्राण प्रतिष्ठा उत्सवमा कर्मचारीहरूलाई सामेल हुनका लागि दिउॅंसो अढाई बजीसम्म अवकाश दिइने छ।
उल्लेखनीय छ, देशमा यस प्राण प्रतिष्ठालाई उत्सवको रूपमा मनाउने तयारी चलिरहेको छ। प्रधानमन्त्रीले मानिसहरूलाई यस दिन दिवाली मनाउन र देशलाई जगमग बनाउन अपील गरेका छन्।