खरसाङ नगरपालिकाको वार्ड नम्बर १० अन्तर्गत गाँधी ग्राम क्षेत्रमा सुरक्षा वाल निर्माणको लागि शिलान्यास

IMG-20240118-WA0196.jpg

खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १० को पार्वती पुलमाथिको गान्धी ग्राम क्षेत्रमा रहेको खोलाको प्रोटेक्सन वाल निर्माणको लागि आज शिल्यानास गरिएको छ। उक्त शिलान्यास कार्यक्रम हिन्दु धर्म अनुसार पुरोहितले मन्त्रोच्चारण गरेपछि यसै वार्डको वासिन्दा टाउन कमिटि नारी शक्ति सभापति सबिता कार्कीले पूजा अर्चना गरेर साथै क्षेत्रीय सभासद श्याम शेर्पाको बाहुलीबाट नरियल फुटाएर शिलान्यास कार्यक्रम सम्पन्न गरियो। वार्डवासीको भनाई अनुसार यहाँ पैह्रो ग‌एको लगभग ३३ वर्ष भ‌इसकेको छ। सम्बन्धित विभागतिर अनेकौंपल्ट पत्राचार गरेर यस पैह्रोको निम्ति पहल गर्दा पनि आजको दिनसम्म पैह्रोको मरमत्ति कार्य हुन नसकेको जानकारी प्राप्त भएको छ। अहिले आएर जीटीए चिफ् अनित थापाको सहयोगमा यो सुरक्षा वाल निर्माणको लागि कार्य हुन लागेकोमा सबैले खुशी व्यक्त गरेका छन्। आज यो कामको थालनी भएकोमा वार्डको सभापति रबि तामाङले सम्पूर्ण वार्डवासीको तर्फबाट अनित थापालाई धन्यवाद ज्ञापन गरेका छन्। यो काम हुनमा नारी शक्ति खरसाङ टाउनको सभापति सबिता कार्की, टाउन कमिटिको सम्पूर्ण टिम, वार्डको पार्टीको नेतृत्वगण लगायत क्षेत्रीय सभासद श्याम शेर्पाको पहल र ठूलो भूमिका रहेको वहा ले थप जानकारी गराएका छन्। यस कार्यक्रममा टाउन कमिटि कोर्डिनेटर समिर दिप ब्लोन (केन्द्रीय समिति सदस्य), टाउन कमिटि कार्यवाहक अध्यक्ष सन्दिप बल, कार्यवाहक सचिव बिरबल पाखरीन, प्रमुख सल्लाहकार भोला राउत, कार्यकारिणी सदस्यहरू, नारी शक्ति केन्द्रिय समिति सदस्या मैयाँ ठकुरी, टाउन कमिटि सभापति सबिता कार्की, मूल सचिवा दिपा छेत्री, उप सभापति पन्चु बल, सह सचिवद्वय निर्मला बराईली र अनु प्रधान, कार्यकारिणी सदस्याहरू उपस्थित रहेका थिए।

आजको यस शिल्यान्यास कार्यक्रममा वार्डको पार्टीको कार्यकर्ता, साधारण जनता, वरिष्ठ नागरिक,बटविभागिय अभियन्ता आदि उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement