शिवसागर: राहुल गॉंधीको भारत जोड़ो न्याय यात्रा बिहिवार असमको शिवसागर जिल्ला पुगेको छ। यहॉं नागाल्याण्ड-असम सीमा क्षेत्रमा आयोजित कार्यक्रममा राहुल गॉंधीले भाजपामाथि विभिन्न आरोपहरू लगाए।
कांग्रेस नेता राहुल गॉंधीले भाजपाको केन्द्र सरकार र राज्य सरकारहरूमाथि सामाजिक, आर्थिक र राजनीतिक अन्याय गरिरहेको आरोप लगाए। उनले यस अघि कन्याकुमारीदेखि कश्मीरसम्म भारत जोड़ो यात्रा गरिसकेको बताउॅंदै मानिसहरूले अब पूर्वदेखि पश्चिमसम्म पनि यात्रा गर्न सुझाउ दिएको बताए। यस कारण उनले मणिपुरदेखि नागाल्याण्ड, असम हुॅंदै मुम्बईसम्मको यात्रा शुरू गरेको जानकारी गराए। उनले आफ्नो सम्बोधनमा यस यात्रालाई सफलतापूर्वक सम्पन्न गर्न नागाल्याण्ड र मणिपुर प्रदेश कांग्रेस अध्यक्षहरूलाई धन्यवाद दिए।
राहुल गॉंधीको भारत जोड़ो न्याय यात्रा आज बिहान नौ बजी नागाल्याण्डबाट असम पुग्यो, जहॉं सीमामा उपस्थित कांग्रेस नेता र कार्यकर्ताहरूले उनको स्वागत गरे। यो यात्रा आज दिनभरि माथिल्लो असममा घुमेपछि जोरहाट पुग्नेछ। राहुल गॉंधीले जोरहाटमा एक कार्यक्रमलाई सम्बोधित गर्नेछन्। आज उनको रात्रि विश्राम जोरहाटमा हुनेछ।