दार्जीलिङ: भारतीय जनता पार्टीलाई हामी ले हाम्रो अभिभावक सम्झेको थियौ तर हामीमाथि आपत पर्दा मौन दर्शक भएर बसी दिए यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले एक मिडियाँ रिपोर्टमा बताए का छन।अध्यक्ष एडवाडर्सले अधि भने २००९ भन्दा अधि पश्चिम बंगालमा भारतीय जनता पार्टीको एक जना संसद पनि थिएन।भारतीय जनता पार्टीको शीर्ष नेतृत्व हरूले दार्जीलिङ पहाड तराई डुवर्स एंव गोर्खाहरूको दीर्धकालिन समस्यालाई स्थायी राजनैतिक समाधान गरी दिने वाचा गरेपछि २००९ को लोकसभा चूनावमा दार्जीलिङ लोकसभा संसदीय क्षेत्रबाट भाजपाको शीर्ष नेता एंव पूर्व केन्द्रीय मंत्री जसवन्त सिंहलाई पार्टी उम्मेद्वार बनाएर पठाए।दार्जीलिङबासी गोर्खाहरूले भाजपामाथि आस्था र भरोसा गरेर भाजपा उम्मेद्वार जसवन्त सिंहलाई भारी मतले विजय तूलाएर दार्जीलिङ लोकसभा समष्टिको संसद चयन गरेको थियो साथै पश्चिम बंगाल राज्यमा भाजपा आफ्नो खाता खोल्न समक्ष भए।तर २००९ मा केन्द्रमा भाजपा गठबन्धनले सरकार गठन गर्न सकेनन। २०१४ को लोकसभा चूनावमा भारतीय जनता पार्टीले दार्जीलिङ लोकसभा समष्टिबाट पूर्व केन्द्रीय मंत्री सुरेन्द्र सिंह आहुलियालाई पार्टी उम्मेद्वार बनाए, देशको बर्तमान प्रधानमंत्री एंव तत्कालिन भाजपा प्रधानमंत्री पदको उम्मेद्वार नरेन्द्र दामोदर मोदीले सिलगढीको एक चूनावी जनसभालाई सम्बोधन गर्दै गोर्खाको सपना मेरो आफ्नो सपना हो भनेका थिए साथै गोर्खा समुदायको ११ जात गोष्ठीहरू को नाम उच्चारण गर्दै जन जातिमा समाबेश गर्ने वाचा गरेका थिए।भाजपाले गोर्खाहरूलाई आकर्षण गर्न आफ्नो संकल्प पत्रमा पहाड तराई डुवर्सको दीर्धकालिन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने साथै गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा समाबेश गर्ने लिखित वाचा समेत गरेका थिए। २०१४ को लोकसभा चूनावको परिणाममा केन्द्रमा भाजपा गठबन्धनको पूर्ण बहुमतको सरकार गठन भयो।सुरेन्द्र सिंह आहुवालिया दार्जीलिङ संसद भए अनि पछि गएर उनी केन्द्रीय राज्यमंत्री पनि भए।तर भाजपाको शीर्ष नेतृत्वहरूले गोर्खाहरूसंग गरेको वाचाहरू पूरा गरेनन। संकल्प पत्रमा उलेख गरेका ती विषयहरू मध्ये एउटै पनि पूरा गर्ने प्रयास समेत गरेनन।भाजपाको शीर्ष नेतृत्वहरू लगायत केन्द्रीय मंत्रीहरूले गोर्खाहरूलाई आई परेको खण्डमा चटटान भएर खडा हुने वाचा समेत गरेका थिए। तर २०१७ को आन्दोलनमा दार्जीलिङ पहाड १०५ दिन बन्द भयो। बंगालको पुलिसले गोर्खाहरूलाई ताकी ताकी गोली ठोके, नेतृत्वहरूको घरहरू कुडकी गरयो।निर्दोष बेकसूर युवादेखि महिलाहरूलाई पशु तुल्य ब्यवहार गर्दै थुनामा हाल्यो।गोर्खाहरूमाथि यति डर लाग्दो अन्याय र अत्यचार गर्दा पनि गोर्खाहरूले आफ्नो अभिभावक मानेका भाजपाको शीर्ष नेतृत्वहरू एक शब्द समेत बोलेनन, यो भन्दा ठूलो विश्वासघात गोर्खाहरूको लागि अरू के हुन सक्छ र भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रश्न तेर्साए। २०१९ को लोकसभा चूनावमा भाजपाले फेरि स्थायी राजनैतिक समाधानको लिखित वाचा गर्दै गोर्खा उम्मेद्वार खडा गरयो, हामी सवैले भाजपालाई पूनः समर्थन जनायौ अनि भाजपा उम्मेद्वार राजु विष्टलाई भारी मतले विजय बनायौ तर १४ बर्ष ११ महिना विति सक्दा पनि भाजपाले गोर्खाहरूसँग गरेको कुनै वाचाहरू पूरा गरेको छैन। केन्द्रमा भाजपा पूर्ण बहुमतको सरकार छ, उनीहरूले चाहे केही असम्भाव भन्ने छैन तर भाजपाले गोर्खाहरू लाई केवल भोट ब्याक मात्र बनाएका थिए भन्ने आज आएर स्पष्ट हुदैछ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने काग्रेसको भारत जोडो न्याय यात्रामा सामेल हुन अब हुने लोकसभा चूनावमा पार्टी टिकट माग्न आएका होइनौ, गोर्खाहरूले आजसम्म न्याय पाएको छैन, त्यसकारण न्याय पाइन्छ की भन्ने हेतुले हामी आएका हौ तिनले भने।