सिधो-भानू गोल्ड कपको पहिलो संस्करणमा खरसाङ च्याम्पियन

IMG-20240118-WA0152.jpg

सिलगढी, १८ जनवरीः सिधो-भानू गोल्ड कप (अण्डर-१७) फूटबल टुर्नामेण्टको पहिलो संस्करणमा खरसाङ च्याम्पियन भयो। वेष्ट बेंगल स्टेट काउन्सिल फर स्कूल गेम्स एण्ड स्पोर्ट्सको आयोजनमा भएको यस टुर्नामेण्टको फाइनलमा खरसाङले पश्चिम मेदिनीपूरको टीमलाई ४-१-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा आठवटा टीमले हिस्सा लिएको थियो। टुर्नामेण्टको उद्घाटन कञ्चनजंघा स्टेडियममा भएको थियो भने फाइनल म्याच बिहीवार तराई तारापद आदर्श महाविद्यालय मैदानमा खेलियो। टीमको यस असाधारण उपलब्धिमा खरसाङ टीमका प्रशिक्षक उर्गेन लामाले खुशी व्यक्त गरेका छन्। उनले भने, यी युवा खेलाड़ीहरूका प्रदर्शनले हामी खुशी छौं। स्थानीय खेलाड़ीहरूलाई प्राथमिकता दिने हाम्रो उद्देश्य रहँदै आएको छ अनि यी खेलाड़ीहरू नै हाम्रो भविष्य हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *