अष्ट्रेलियन ओपनः सोह्र वर्षीय एण्ड्रीवा विरुद्ध जाबेउरको हार, जोकोविच विजयी

IMG-20240118-WA0146.jpg

मेलबर्न, १८ जनवरीः अष्ट्रेलियन ओपन टेनिस टुर्नामेण्ट २०२४-को चौथो दिन ठूल उलटफेर भयो। रुसकी १६ वर्षीय टेनिस खेलाड़ी मीरा एण्ड्रीवाले असाधारण प्रदर्शन गर्दै दोस्रो राउण्डमा ट्यूनिशियाकी स्टार खेलाड़ी ओन्स जाबेउरलाई पराजित गरिन्। शीर्ष दशमा सामेल कुनै खेलाड़ी विरुद्ध रुसकी खेलाड़ीको यो पहिलो जीत हो। विश्व ऱ्यांकिंगमा ४७औं स्थानमा रहने एण्ड्रीवाले छैटौं वरीयता प्राप्त जाबेउरलाई एक घण्टाभन्दा कम्ती समयमा पराजित गरिन्। मेलबर्न पार्कमा आफ्नो पहिलो टुर्नामेण्ट खेलिरहेकी एण्ड्रीवाले रड लेवर एरेनामा तीनपल्टकी ग्राण्ड स्ल्याम उपविजेतालाई केवल ५४ मिनटमा ६-०, ६-२-ले पराजित गरिन्। एण्ड्रीवा पहिलोपल्ट सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनमा खेलिरहेकी छन्। उनले गत वर्ष ग्राण्ड स्ल्याममा पदार्पण गरेकी थिइन्। उनले विम्बल्डन २०२३-मा चौथो, फ्रेञ्च ओपनमा तेस्रो र यूएस ओपनमा दोस्रो राउण्डसम्मको यात्रा तय गरेकी थिइन्। म्याचपछि एण्ड्रीवाले भनिन्, म्याचअघि म सामान्य अत्तालिएकी थिएँ। म वास्तवमा ओन्ससँग प्रेरित छु। डब्ल्यूटीए टूरमा खेल्न शुरु गर्न अघि म उनको म्याचहरू हेर्ने गर्थे अनि आज मलाई उनी विरुद्ध खेल्ने मौका प्राप्त भयो।
महिला एकलमा यूएस ओपन च्याम्पियन अमेरिकी खेलाड़ी कोको गाफले आफ्नै देशकी क्यारोलिन डोलेहाइडलाई ७-६, ६-२-ले पराजित गरी तेस्रो राउण्डमा स्थान बनाइन्। यसरी पुरुष एकलमा विश्वका नम्बर एक खेलाड़ी नोवाक जोकोविचले पनि तेस्रो राउण्डमा स्थान बनाए। सर्बियाका दिग्गज खेलाड़ी तथा रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम विजेता जोकोविचले रड लेवर एरेनामा खेलिएको म्याचमा अष्ट्रेलियाका एलेक्स पोपिरिनलाई तीन घण्टा ११ मिनटमा ६-३, ४-६, ७-६, ६-३-ले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement