सूर्या-म्याक्सवेललाई पछि छोड़े रोहितले

IMG-20240118-WA0136.jpg

बेंगलुरु, १८ जनवरीः भारतले चरम रोमाञ्चक तेस्रो टी२० अन्तर्राष्ट्रिय म्याचमा अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गरी तीनवटा म्याचको शृंखला ३-०-ले क्लीन स्वीप गऱ्यो। आफ्नो १५१औं टी२०आई म्याच खेलिरहेका रोहितले बुधवार राति अफगानिस्तानका बलरहरूलाई पिट्नसम्म पिटेर अविजित १२१ रन बनाए। यो उनको टी२०आई प्रारूपमा पाँचौं शतक हो। यसरी उनले आफ्नै देशका सूर्यकुमार यादव र अष्ट्रेलियाका ग्लेन म्याक्सवेललाई पछि छोड़े। टी२०आई-मा सर्वाधिक शतक बनाउनेहरूका सूचीमा रोहित अहिले शीर्षमा पुगेका छन्। सूर्या र म्याक्सवेल ३-३ वटा शतकको साथ संयुक्त रूपले दोस्रो स्थानमा छन्। पाकिस्तानका बाबर आजम र न्यूजील्याण्डका कोलिन मूनरोले ३-३ वटा शतक बनाएका छन्। रोहितले यसअघि २०१८-मा ईंग्ल्याण्ड विरुद्ध अविजित १०० र अविजित १११ रन बनाएका थिए। यसरी उनले २०१५-मा दक्षिण अफ्रिका विरुद्ध १०६ र २०१७-मा श्रीलंका विरुद्ध ११८ रन बनाएका थिए।
यसरी भारतको तर्फबाट टी२० अन्तर्राष्ट्रियमा सर्वोच्च व्यक्तिगत स्कोरको मामिलामा पनि रोहित चौथो स्थानमा पुगेका छन्। यस सूचीमा शुभमन गिल शीर्षमा छन्। उनले गत वर्ष न्यूजील्याण्ड विरुद्ध अहमदाबादमा अविजित १२६ रन बनाएका थिए। रोहित टी२०आई-मा सर्वाधिक छक्का लगाउने ओपनिंग ब्याटर पनि बनेका छन्। ओपनरको भूमिकामा उनको नाममा १६८ वटा छक्का रहेको छ। उनले न्यूजील्याण्डका मार्टिन गप्टिल (१६१)-लाई पछि छोड़े। टेस्ट र वनडेमा चाहिँ यो रेकर्ड वेष्ट इण्डिजका क्रिस गेलको नाममा रहेको छ, जसले यी दुई प्रारूपमा क्रमशः ९४ र ३२८ वटा छक्का लगाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *