खाँचोमा परेकाहरुलाई कम्बल, मच्छरदानी, खाना पकाउने सामग्री वितरण

IMG-20240118-WA0126.jpg

काेलकत्ता: अत्याधिक चिसोलाई ध्यानमा राख्दै पुलिसले खाँचोमा परेकाहरुलाई कम्बल, मच्छरदानी, खाना पकाउने सामग्री वितरण गरेको छ। जनसंपर्क कार्यक्रमको क्रममा कृष्णनगर जिल्ला पुलिसको पहल र नवद्वीप पुलिस स्टेशनको व्यवस्थापनामा सर्वसाधारणसँग जनचेतनामुलक कार्यक्रम अन्तर्गत अत्याधिक चिसोलाई ध्यानमा राखी खाँचोमा परेकाहरुलाई उक्त सामग्री प्रदान गरिएको बताईएको छ।

नवद्वीप थानाको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रममा नवद्वीप सहरका विभिन्न सहरी वार्ड तथा ग्रामीण क्षेत्रका ४७० गरिब तथा असहाय व्यक्तिलाई कम्बल, मच्छरदानी, खाना पकाउने उपकरणलगायत सामग्री वितरण गरिएको थियो भने सो‌ अवसरमा कृष्णनगर जिल्ला एसपी अमरनाथ, नवद्वीप विधायक पुण्डरीकाक्ष साह, मेयर बिमन कृष्ण साह, नवद्वीप पञ्चायत समितिका सभापति मञ्जुरानी घोष तथा नवद्वीप नगरपालिकाका विभिन्न वार्डका पार्षद तथा विभिन्न ग्राम पञ्चायतका प्रमुखहरुको उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *