रेलिंग च्याम्पियन्स ट्रफीःरोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो जर्जियन युनाइटेड

IMG-20240118-WA0001.jpg

१७ जनवरीः रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा आयोजित रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको चौथो सीजनमा जर्जियन युनाइटेड फूटबल क्लबले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। बुधवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा जर्जियन युनाइटेडले बिजनबारी फूटबल क्लब (बीएफसी)-लाई १-०-ले पराजित गऱ्यो।विजेता टीमबाट एकमात्र गोल प्रणय (लोको) मुखियाले ७२औं मिनटमा छिराए।

जर्जियन युनाइटेडका गोलकीपर सचिन सुब्बालाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने तेस्रो क्वार्टर फाइनल म्याचमा सुकनाको अयुष फूटबल क्लब र कमल एण्ड कम्पनीबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *