२७ जुलाईः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ३९ गोर्खा ट्रेनिंग सेण्टर क्वार्टर फाइनलमा पुग्यो। सेभोक प्राइमरी स्कूल मैदानमा बुधवार भएको म्याचमा ३९ गोर्खा ट्रेनिंग सेण्टरले सिलगढ़ीको ब्राइटलाई ४-१-ले पराजित गऱ्यो। म्याचमा ह्याट्रिक गर्ने विजेता टीमका जानम लिगारलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ९ र १० अगस्तमा हुनेछ। यसबाहेक फाइनल १५ अगस्तको दिन खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।