१७औं सुकना गोल्ड कप:सजिलै क्वार्टर फाइनलमा पुग्यो कालेबुङ पुलिस

IMG-20240117-WA0276.jpg

१७ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा कालेबुङ पुलिसले सजिलै म्याच जितेर क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको दोस्रो प्री-क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए)-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सप्तक शेर्पाले ४०औं र रोहन तामाङले ६९औं मिनटमा गोल गरे। रोहन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बिहीवार खेलिने तेस्रो प्री-क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिस र युनाइटेड एफसी दार्जीलिङबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा २० वटा शीर्ष टीमले हिस्सा लिएको छ। संशोधित कार्यक्रम अनुसार दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *