एघाह्रौं शहीद गोल्ड कप शुरुःएकतर्फी जीतको साथ केएफसी क्वार्टर फाइनलमा

IMG-20240117-WA0271.jpg

१७ जनवरीः युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोग अनि खरसाङ महकुमा खेलकुद संघको आयोजनमा प्रतिष्ठित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टको एघाह्रौं संस्करण बुधवारदेखि शुरु भयो। चानमारी खेल मैदानमा आज भएको टुर्नामेण्टको उद्घाटन म्याचमा कञ्चनजंघा फूटबल क्लब (केएफसी)-ले युनाइटेड रंगबुल फूटबल क्लबलाई ७-०-ले पिट्यो। विजेता टीमबाट अनिश राईले ह्याट्रिक गरे। यसबाहेक प्रणेश प्रधान, प्रज्वल राई, अमन गुरुङ र निशान्त लोहारले पनि १-१ गोल गरे। म्याच हारे पनि युनाइटेड रंगबुलका ग्याछो लामालाई प्लेयर अव् द म्याच चयन गरियो। आज उद्घाटन म्याचमा मुख्य अतिथिको रूपमा अवध सिंघल (एसडीएम खरसाङ, आईएएस) उपस्थित थिए। बिहीवार खेलिने म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) र आमुक्त परिवार-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा १२ वटा शीर्ष टीमहरूलाई प्रवेश दिइएको छ, जसमा उत्तर बंगालका शीर्ष क्लबहरूको साथमा नेपाल र भूटानको टीम पनि सामेल छन्। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २९ जनवरीमा हुनेछ। यसरी फाइनल ३१ जनवरीमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *