दुम्सीपाडा बडालाइन नेपाली प्राथमिक विद्यालयले पाए जिल्ला स्तरीय ‘स्वच्छ विद्यालय पुरस्कार’

वीरपाडा: आज डुवर्सकन्यामा आयोजित जिल्ला स्तरीय स्वच्छ विद्यालय पुरस्कार समारोहमा यसै जिल्ला अन्तर्गत् बीरपाडा -मदारीहाट सर्कल अधिनस्थ दुम्सीपाडा बडालाइन नेपाली प्राथमिक विद्यालयले जिल्ला स्तरीय ‘स्वच्छ विद्यालय पुरस्कार-२०२१-२२ प्राप्त गरे। विद्यालयका भारप्राप्त शिक्षक बुद्धिमान लामा तामाङ अनि शिक्षिका वर्षा राईले उपस्थित अतिथिहरूको बाहुलीबाट प्रमाण पत्र, ट्रफी ग्रहण गरे । मदारीहाट खण्डका तीन उच्च विद्यालय अनि दुई प्राथमिक विद्यालयले उक्त पुरस्कार प्राप्त गरे। अलिपुरद्वार जिल्लाका मोठ ६ वटा खण्डका शहरी अनि ग्रामीण क्षेत्रका विद्यालयहरूलाई लिएर जिल्ला स्तरीय स्वच्छ विद्यालय पुरस्कार कार्यक्रम सम्पन्न भएको थियो। मदारीहाट खण्डका दुम्सीपाडा बड़ालाइन नेपाली प्राथमिक विद्यालय, सरूगाव नम्बर ३प्राथमिक विद्यालय , वीरपाडा हाई स्कूल, सन्त मेरी गोरेथी विद्यालय, भगत राम विद्यापीठले स्वच्छ विद्यालय पुरस्कार प्राप्त गरे। डुवर्स कन्यामा आयोजित कार्यक्रममा जिल्ला शासक सुरेन्द्र कुमार मीना, जिल्ला शिक्षा अधिकारी, डी पी ओ, जिल्ला सभाधिपति सिला दास सरकार, सौरभ चक्रवर्ती, प्रकाश चिक बड़ाइक आदिको उपस्थितिमा उक्त पुरस्कार समारोह सम्पन्न गरियो।

पुरस्कार प्राप्तपछि खुशी व्यक्त गर्दै २०१७ मा विद्यालय स्थापना भएपछि यस छोटों अवधिमै जिल्ला स्तरीय पुस्कारको निम्ति हाम्रो विद्यालय चयन भएको सुखद खबरले सम्पूर्ण शिक्षक-शिक्षिका लगायत अभिभावकगणमा हर्षको माहोल छाएको बताए। यस पुरस्कारले विद्यालयलाई अझ उत्कृष्ठ मोडल विद्यालय बनाउन प्रोत्साहन गरेको साथै सम्पूर्ण शिक्षक शिक्षिका, स्व निर्भर गोष्ठीका सदस्य, अभिभावक, विद्यार्थी, एस आई योगेन तामाङ, खण्ड विकास अधिकारी शेरोन तामाङ, एसईओ अभिजित दत्त, ग्राम शिक्षा समिति सभापति ललिता थापा साथै समितिको ठूलो सहयोग रहेको भारप्राप्त शिक्षक बुद्धिमान लामाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement