जलपाईगढी: सोना उल्ला उच्च माध्यमिक विद्यालयको शताब्दी महोत्सवको अवसरमा २७ जनवरी विद्यालयको मैदानमा विशेष सभाको आयोजना गरिएको छ। विद्यालय व्यवस्थापन संघका अध्यक्ष गौतम दासले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका हुन्। उनले विद्यालयका पूर्व, वर्तमान विद्यार्थी र शिक्षकहरुलाई शताब्दी महोत्सवमा सहभागी हुन आग्रह गरे ।आजको पत्रकार सम्मेलनमा विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो। व्यवस्थापन संघका अध्यक्ष गौतम दासले शताब्दी महोत्सव आगामी दिनमा विभिन्न कार्यक्रम गरी मनाइने बताए। शताब्दी महोत्सवको अवसरमा बुधबार सोना उल्ला उच्च माविको ब्यानरको पनि उद्घाटन गरिएको छ।










