बिहेकै दिन यस्तो पनि हुँदो रहेछ…

IMG-20240117-WA0286.jpg

कस्तो उदेकको घटना बिहेकै दिन एक बेहुली पक्राउ परेकी छन्। जसको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जसमा उनको हातमा हतकडी देख्न सकिन्छ। बेहुलीले सेतो गाउन लगाएकी छिन्। बेहुलीको नाम नैन्सी लिजेथ हो। उनले भागेका अपराधी क्लेमेन्टे मेन्डियोला मार्टिनेजसँग विवाह गरिरहेकी थिइन्। जसलाई मानिसहरूले ‘एल रोटन’ र ‘एस माउस’ भनेर पनि चिन्छन्। उनीमाथि मेक्सिकोमा लागूऔषध कारोबारीका लागि हत्या गरेको आरोप छ। मिरर युकेको रिपोर्टका अनुसार भाइरल तस्वीरमा बेहुली लिजेथसँग उभिएका व्यक्तिहरू पनि शंकास्पद छन्। यी मानिसहरू विवाहमा पाहुना थिए। यससँगै हतियारसहित पुलिस पनि देख्न सकिन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पुलिसले यहाँ छापा मार्दा बेहुला मार्टिनेज भाग्न सफल भएका थिए। जबकि उनकी बेहुली पक्राउ परिन्।
मार्टिनेजलाई ठूलो कार्टेल सदस्य मानिन्छ। उनी स्थानीय कुखुरापालन व्यवसायीबाट फिरौती असुल्ने र हत्या मुद्दामा वान्टेड रहेको बताइएको छ। रिपोर्टका अनुसार पुलिस र अभियोजकहरूले उनकी बेहुलीलाई पनि उनकी सहयोगी मान्दछन् र उनीमाथि पनि जबरजस्ती फिरौती असुलेको आरोप लगाइनेछ। ‘हत्या र फिरौती जस्ता आपराधिक गतिविधिमा संलग्न भएको कारण मार्टिनेज पहिलो निशानामा थिए’,:अभियोजकको कार्यालयले एक विज्ञप्तिमा भनेको छ। उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। क्लेमेन्टेसँग विवाह गर्ने दिन लिजेथलाई संयुक्त अपरेशनमा पक्राउ गरिएको थियो। मेक्सिको पुलिसले मार्टिनेजलाई पक्राउ गराउन उनको जानकारी दिनेलाई २० लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *