सेभेन भ्याक्सिनेसनका साथ सेभेन स्टार प्रोटेक्सन जीएसकेको नयाँ अभियान

IMG-20240117-WA0285.jpg

कोलकाता: ग्लैक्सोस्मिथक्लाइन फार्मास्युटिकल्स लिमिटेड (जीएसके)ले आज एक देखि दुई वर्ष उमेरका शिशुहरूलाई विभिन्न प्रकारका गम्भीर रोग संक्रमणहरूबाट जोगाउने विभिन्न खोपहरूको बारेमा सचेतना जगाउन बहु-च्यानल अभियान शुरु गरेको एक प्रेस विज्ञाप्तिमा बताएको छ। इण्डियन एकाडेमी अफ पेडियाट्रिक्स (आईएपी) lले यस उमेरका बालबालिकाका लागि ७ वटा खोपहरू सिफारिस गरेको छ। यसमा चिकनपक्स र हेपाटाइटिस एको पहिलो खुराक, मेनिन्जाइटिस र एमएमआरको दोस्रो खुराक, पीसीभी र डीटीपी हिब आईपीभीको बूस्टर डोज र फ्लूको वार्षिक खुराक समावेश छ। जीएसकेको अभियानले आमाबाबुहरूलाई दोस्रो वर्षमा पनि खोप तालिकाको कडाईका साथ पालना गर्न उत्प्रेरित गर्नेछ, जसले गर्दा उनीहरूका नानीहरूलाई यस्ता रोगहरूबाट निरन्तर सुरक्षा सुनिश्चित गर्ने विज्ञाप्तिमा बताएको छ। आंशिक खोपले नानीहरूलाई संक्रामक रोगहरूको कारण गम्भीर समस्याहरूको जोखिममा पार्नसक्छ।
विज्ञाप्तिमा बताइएअनुसार, आंशिक रूपमा खोप लगाइएका बालबालिकाहरूले परिवारका अन्य खोप नगरिएका साना नानीहरू वा वृद्ध हजुरबुबा हजुरआमालाई पनि यो रोगबाट सङ्क्रमित हुने जोखिममा पार्न सक्छन्। ग्लेक्सोस्मिथक्लाइन फार्मास्युटिकल्स, भारतका चिकित्सा मामिलाका कार्यकारी उपाध्यक्ष डा. रश्मी हेगडेले भनिन्, ‘विगत तीन वर्षयता देशमा चिकनपक्स, दादुरा र फ्लू जस्ता रोगको संक्रमण देखिएको छ, जसलाई रोकथाम गर्न सकिन्छ। खोपको सहयोगमा भ्याक्सिनबाट बच्न सकिने रोगहरूले बालबालिकाको स्वास्थ्यलाई छोटो अवधिमा मात्र असर गर्दैन, तर यसले बालबालिकाको समग्र विकासमा दूरगामी दीर्घकालीन प्रभाव पार्छ। पूर्ण खोप तालिका पालना गर्दा स्वस्थ र सुखी बाल्यकाल सुनिश्चित हुन्छ। यसले नानीहरू स्वस्थ वयस्कको रूपमा हुर्कन सुनिश्चित गर्दछ। यस अभियान मार्फत हामी अभिभावकहरूलाई उनीहरूले जीवनको दोस्रो वर्षमा पनि आफ्ना बालबालिकालाई तोकिएको खोप लगाउने कुरा बताउन चाहन्छौं।’ जीएसकेले टेलिभिजन, सामाजिक सञ्जाल र देशभरका बाल रोग विशेषज्ञ क्लिनिकहरूमा पोस्टरहरू लगायत धेरै च्यानलहरूमा अभियान शुरु गरेको छ। आमाबाबुले नानीहरूका लागि खोप तालिकाको बारेमा थप जानकारीको लागि बाल रोग विशेषज्ञहरूसँग परामर्श लिन प्रेस विज्ञाप्तिमा सुझाव दिइएको छ। MyVaccinationHub.in मा सात महत्त्वपूर्ण भीपीडीहरू बारे थप जानकारी प्राप्त गर्न सकिने बताइएको छ।

About Author

Advertisement