‘पिपल्स च्वाइस अवार्ड’को मनोनयनमा अनन्त र निरुता

Screenshot_20240117_175119_Dailyhunt.jpg

काठमाडौं: फुटबलर अनन्त तामाङसँगै भलिबलका निरुता ठगुन्ना पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन्।नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत दिइने पिपल्स च्वाइस विधाको मनोनयनमा परेका ५ खेलाडीको नाम सार्वजनिक गरेको हो। मनोनयनमा फुटबलर अनन्त, भलिबलकी निरुतासँगै करातेका विप्लवलाल श्रेष्ठ, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र बडिबिल्डिङकी रजनी श्रेष्ठ परेका छन्। पिपल्स च्वाइस विधाका विजेता मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र इ–सेवाको भोटिङबाट चुनिने छ।जसमा इ–सेवाको मतभार ५० प्रतिशत हुनेछ भने सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्ने छ) हुनेछ ।यस्तै नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार–१२ दशमलव ५ प्रतिशत रहनेछ। नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *