नेपाल र वेष्ट इन्डिजबीचको खेल वर्षाले प्रभावित

Screenshot_20240117_174603_Dailyhunt.jpg

काठमाडौं: आईसीसी यू-१९ विश्वकप अघि नेपाल र वेष्ट इन्डिजबीचको वार्मअप खेल वर्षाका कारण प्रभावित बन्दा नतिजाविहीन भएको छ।
मंगलबार तय भएको खेलमा वर्षाकै कारण ढिला टस भएको थियो ।जोआनबर्गस्थित सेन्ट स्टिथिनस मेन ओभलमा नेपालले टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो ।वेस्ट इन्डिजले ८.३ ओभरमा एक विकेट गुमाउँदै ३३ रन बनाएर खेलिरहँदा वर्षा सुरु हुँदा खेल रोकिएको थियो।त्यसपछि वर्षाका कारण खेल फेरि शुरु हुन सकेन र रद्द भयो। ८ वर्षपछि नेपालले यू-१९ विश्वकप खेल्दैछ र त्यसअघि अनअफिसियल दुई र अफिसियल दुई गरी चार वार्मअप म्याच खेल्यो। जसमा नेपालले यसअघिको तीनवटै वार्म अफ खेल जितेको थियो ।नेपाल क्रिकेट संघ क्यानको व्यवस्था गरेको दुई अनअफिसियल म्याचमा नेपालले स्कटल्याण्डलाई १३५ रन र नामिबियालाई ६ रनले पराजित गरेको थियो ।यस्तै आईसीसीको तालिका अनुसार भएको अफिसियल वार्मअप म्याचमा नेपालले स्कटल्याण्डलाई नै ७ विकेटले पराजित गरेको थियो।
आईसीसी यू-१९ क्रिकेट विश्वकप १९ जनवरी शुक्रबारदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ। जहाँ नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। जसमा १२ वटै टेष्ट राष्ट्रको युवा टिमसहित एसोसिएट राष्ट्र नेपाल, स्कटल्याण्ड, अमेरिका र नामिबिया सहभागी छन्। समूह डी मा रहेको नेपालले न्युजिल्याण्डसँग आफ्नो पहिलो खेल आइतबार खेल्दैछ। यस समूहमा नेपाल र न्युजिल्याण्डसँगै अफगानिस्तान र पाकिस्तान छन्।
यस्तै समूह ए मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका समूह बी मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड तथा समूह डी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे र नामिबिया छन्। चारै समूहको खेलपछि हरेक समूहमा शीर्ष तीनमा रहने टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। जहाँ दुई समूह हुनेछन्। समूह ए र समूह डी को ३-३ टिम सुपर सिक्समा एक समूहमा हुनेछ भने समूह बी र समूह सी को ३-३ टोली सुपर सिक्समा अर्को समूहमा हुनेछ।
सुपर सिक्सको दुई समूह्यको शीर्ष २-२ टोली सेमिफाइनल पुग्नेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *