सौर्य ऊर्जाबाट चल्ने पिउने पानीको प्रकल्पको उद्घाटन

Capture5-7.png

नक्सलबारी: नक्सलबारी पञ्चायत समितिको पहलमा नक्सलबारी मनिराम ग्राम पञ्चायत इलाकाको किलाराम जोतमा सौर्य ऊर्जाबाट चल्ने पिउने पानीको प्रकल्पको आज उद्घाटन गरियो। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आज उक्त प्रकल्पको उद्घाटन गरे। यस अवसरमा नक्सलबारी पञ्चायत समितिका सहकारी सभापति सजनी सुब्बा, पञ्चायत समितिका सदस्य पृथ्विस राय लगायत अन्य उपस्थित थिए। लगभग ५ लाख ५८ हजार रुपियाँको लागतमा १५औँ वित्त आयोगको सहयोगमा उक्त प्रकल्पको कार्य शुरू गरिएको छ। यस विषयमा सभाधिपति अरूण घोषले भने, महकुमा परिषदको तीन वटा स्तरमा मानिसहरूको विकासको लागि कार्य गरिरहेका छौँ।

About Author

Advertisement