पाक्योंगमा हुने ७६औं इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टको क्रीड़ासूची जारी

२७ जुलाईः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजन गरिने ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची (फिक्स्चर) जारी गरियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा हुने यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २६ वटा शीर्ष टीमले अंशग्रहण गर्नेछ। टुर्नामेण्टको पहिलो दिन १ अगस्तमा दुईवटा म्याच खेलिनेछ। दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement