तृणमूल कालचिनी ब्लक सभापतिमा असिम पाख्रिन चयन

f6750581-080c-474a-8d68-15e980edf7bd

कालचिनीः लामो समयदेखि सत्तारूढ़ तृणमूल कंग्रेसको ब्लक सभापतिहरूको सूची आउने बारेमा खुल्दुली मच्चिरहेको थियो भने बुधबार तृणमूल कंग्रेसको सूची अनुरूप कालचिनी ब्लक तृणमूल कंग्रेसको सभापतिको सूचीमा असिमकुमार लामा उर्फ असिम पाख्रिनको नाम सार्वजनिक गरिएको छ। तृणमूल खेमामा ब्लक सभापतिको नयाँ अनुहार आउने हल्ला चलिरहेको थियो भने बुधबार अलिपुरद्वार जिल्ला तृणमूल कंग्रेसले जारी गरेको सूचीमा अलिपुरद्वार जिल्लाको ६ वटा ब्लकहरूमा क्रमैले कुमारग्राम ब्लक सभापतिमा धिरेशचन्द्र रोय, अलिपुरद्वार २ नम्बर ब्लक सभापतिमा परितोष बर्मन, कालचिनी ब्लक सभापतिमा असिमकुमार लामा, अलिपुरद्वार १ नम्बर ब्लक सभापतिमा तुषारकान्ति राय, फालाकाटा ब्लक सभापतिमा सञ्जित दास र मदारीहाट बीरपाड़ा ब्लक सभापतिमा जयप्रकाश टोप्पोको नाम सार्वजनिक गरिएको छ। यता तृणमूल कालचिनी ब्लक सभापतिको पदमा आफ्नो नाम आएपछि असिम पाख्रिनले दिदीको आशीर्वादले जुन दायित्व दिएको छ त्यसलाई इमान्दारीताको सात वहन गर्ने र पार्टीलाई सकारात्मक रुपमा विस्तार गर्ने जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *