हामी शहीद परिवारलाई आश्वास्त गराउन चाहन्छौं कि शहीदहरूले दिएको योगदान र बलिदान खेरो जान दिने छैनौं: बिमल गुरुङ

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाले आज दार्जिलिङको सिंहमारी तकभर समष्टि अन्तर्गत तकभर क्षेत्रमा एक कार्यक्रमबीच शहीद दिवस पालन गरेका छन्। यस अवसरमा पार्टी प्रमुख विमल गुरूङले शहीदहरूको सम्झना गर्दै शहीद बेदीमा शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै शहीदहरूले दिएको योगदान र वलिदानलाई खेरो जान नदिने बताए। उनले १९८६ देखि यता जुन प्रकारले २०१७-को बीचमा हाम्रो छोरा छोरी, नानी, बाल बच्चाहरू जुन प्रकारले माटो र जातिको निम्ति क्षतिग्रस्त भए, साँच्चै नै दुःख लाग्छ भनी बताउँदै यो जग्गामा आज पनि यस्तो अवस्थामा बसेका छौं जुन अवस्थाले आज पनि मेरो छोरा, छोरी, आमा, बाबाले दिएको योगदान, उनीहरूको सोचाई, विचार गोर्खाल्याण्डको निम्ति हामी बलि चढेको भन्ने थियो र उनीहरूको आत्माले पनि आज हेरिरहेका छन् र उनीहरूले पर्खिरहेका छन् कि कहिले हाम्रो इच्छा र आकांक्षा पूरा हुन्छ भनेर। गुरुङले आज हामीले सबै कुराहरूलाई पर सारेर जाति, माटो र अस्मिताको निम्ति कहिले पनि धोकादारी, विश्वासघात गर्नु हुँदैन भन्ने संकल्प लिएर आज दिलो बालेर, धूप बालेर शहीदहरूलाई हामी स्मरण गर्छौं भनी बताउँदै उनीहरूले दिएको त्याग र बलिदानलाई हामी खेरो फाल्ने छैनौं भनी बताएका छन्।

गोजमुमो आज यसैको निम्ति अघि रहेका छन् र गोजमुमोले यही आधारमा काम गरिरहेको र त्यही कारण श्रद्धाञ्जलि कार्यक्रम गरेका छौं भनी जनाए। उनले भने -“शहीद परिवारलाई विभिन्न पार्टीबाट लोभ लालच पनि देखाइरहेका छन्, त्योभन्दा हाम्रो थिम गोर्खाल्याण्ड हो जसको निम्ति हामी सर्वस्व त्यागेर, सर्वस्व गुमाएर आज हरेक दाज्यू भाई, दिदी बहिनीहरूले आज हरेक कुरा झेलेर जातिको निम्ति काम गरेका छन् र यस्तो राजनीतिले हाम्रो जातिको अस्मिता हराएर जान्छन् भन्ने डर भइरहेका छन् भनी बताएका छन्। बिमल गुरुङले हामी शहीद परिवारलाई आश्वास्त गराउन चाहन्छौं कि उनीहरूको छोरा, छोरी, बूढ़ा, बहिनीहरूले दिएको योगदान र बलिदान खेरो जान दिने छैनौँ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement