खरसाङ: खरसाङ नगरपालिकाद्वारा खरसाङ शहरलाई स्वच्छ र सुन्दर बनाउने पहल अन्तर्गत फोहोर मैले प्रबन्धन विषयमा वार्ड नम्बर २, ३ र ४ लाई लिएर सचेतना कार्यक्रम सम्पन्न भएको छ। खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, सेनेटेरी ईन्स्पेक्टर रमेश सुब्बा लगायत अन्यको उपस्थितिमा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रममा तीनवटा वार्डहरूबाट स्थानीयहरू र बुध्दीजीविहरू उपस्थित रहेका थिए। सचेतना कार्यक्रममा नगरपालिकाद्वारा स्थानीयहरूको विभिन्न गुनासोहरू पनि सुनेका थिए। यस क्रममा खरसाङ शहरलाई सफा र सुन्दर बनाउने पहल अनुसार घर घरबाट मैला उठाउने कार्यहरू गरिने र यसको लागि नगरपालिकाको पाँचवटा गाड़ीहरूले घर घरमा आएर फोहोर मैलाहरू उठाउने भएको र आगामी १ फरवरीदेखि नयाँ रेट चार्ट लागु हुने विषयमा पनि सचेतना गराइएको छ। यसको लागि घर घरमा आएर निर्मल बन्धुहरू र निर्मल साथीहरूले फोहोर मैला उठाउने र यसको लागि सबैले सहयोग गरिदिने आह्वान् पनि गरिएको छ। यस सचेतना कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आज खरसाङ नगरपालिकाद्वारा आज वार्ड नम्बर २, ३ र ४ मा शहरलाई सफा र सुन्दर बनाउन पहल अन्तर्गत फोहोर मैला प्रबन्धन विषयमा सचेतना कार्यक्रमको आयोजना गरिएको बताए।

उनले यस कार्यक्रममा तीनैवटा वार्डका स्थानीयहरू र बुध्दीजीविहरूलाई लिएर फोहोर मैला विषयमा सचेतना गरिएको बताउँदै नगरपालिकाको ५ वटा गाडीहरूले घर घरमा आएर फोहोर मैला उठाउने र यस कार्यमा सबैले सहयोग गरिदिने आह्वान् गरेका छन्। उनले यस कार्यको लागि नगरपालिकाको निर्मल बन्धु र निर्मल साथीहरू घर घरमा आएर सिटी फुकेर फोहोर मैलाहरू उठाउने र सबैले सहयोग गरिदिने निवेदन गरेका छन्। उनले निर्मल बन्धु र निर्मल साथीहरू आएर मैला उठाएपछि फेरि कसैले जानी बुझी मैला गर्छन् भने नगकपालिका ऐन अनुसार कार्वाही गर्न पनि पछि नहट्ने बताएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ नगलपालिका क्षेत्रमा फोहोर मैला उठाउने शुल्क आगामी १ फरवरीदेखि नयाँ शुल्क लागु हुने पनि जानकारी गराएका छन्।










