दार्जीलिङ पहाड अनि गोर्खाहरूले आजसम्म जे जति पाए काग्रेसकै शासनकालमा नै पाएका छन: एडवाडर्स

IMG-20240117-WA0241.jpg

जयराम रमेशले भने दार्जीलिङको राजीतिमा हाम्रो पार्टीको अहम भूमिका छ

दार्जीलिङ: ‘दार्जीलिङ पहाड अनि गोर्खा हरूले आजसम्म जे जति पाए काग्रेस सरकारको शासनकालमा नै पाएका छन’ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। कागे्रसको भारत जोडो न्याय यात्राले आज नागाल्याण्ड राज्यको विभिन्न जिल्लाहरूको भ्रमण गरयो।भारत जोडो न्याय यात्राको नेतृत्व काग्रेस संसद राहुल गाँधीले गरेका छन। न्याय यात्रामा काग्रेसको शीर्ष नेतृत्वहरू पनि सामेल रहेका छन। भारत जोडो न्याय यात्राको क्रममा काग्रेसको बरिष्ठ नेता एंव पूर्व केन्द्रीय मंत्री जयराम रमेशले एक पत्रकार सम्मेलन डाकेर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स अनि उनको टोली दार्जीलिङबाट भारत जोडो न्याय यात्रामा सामेल हुन आएका छन भन्ने बताए। मणिपूरको इम्फालदेखि शुरू भएको भारत जोडो न्याय यात्रा आज नागाल्याण्ड राज्य आई पूगका छन अनि अजय एडवाडर्सहरू पनि राहुल गाँधीसंग संगै न्याय यात्रामा सामेल भएका छन। दार्जीलिङको राजनैतिक पृष्ठ भूमिमा हाम्रो पार्टीको अहम भूमिका रहेको कागे्रसी कार्यकर्ता एंव पूर्व केन्द्रीय मंत्री जयराम रमेशले बताउँदै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई आयोजित पत्रकार सम्मेलनमा आफ्नो पक्ष राख्ने अनुरोध गरयो। आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भारत जोडो न्याय यात्रामा सामेल हुन हामी दार्जीलिङबाट आएका हौ, हाम्रो पार्टीको काग्रेससंग कुनै सम्बंध छैन तर काग्रेस पार्टीले भारत जोडो न्याय यात्राको जो आहवान गरेको छ, त्यसदेखि हामी अति नै प्रवाहित बनेका छौ। आसम, मणिपूर अनि दार्जीलिङ मात्र होइन आज भारत देशभरिको अवस्था चिन्ता जनक रहेको छ। भारत जोडो न्याय यात्रामा हामी सामेल भएको आज चैथो दिन हो। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने भारतीय जनता पार्टीले दार्जीलिङको गोर्खाहरूको दीर्धकालिन मांगलाई पूरा गर्ने वाचाहरू गर्दै भोट हत्याउँने कार्यहरू मात्र गरेको छ गर्दै आजसम्म गोर्खाहरूको दीर्धकालिन मांग पूरा भएको छैन तिनले भने।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अधि भने दार्जीलिङ पहाड अनि गोर्खाहरूले आजसम्म जे जति पाएको छ केवल काग्रेसको शासनकालमा नै पाएको तिनले बताउँदै सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनपछि १९८८ सालमा दार्जीलिङ गोर्खा पार्वतीय परिषदको दस्तावेजमाथि त्रिपक्षीय सम्झौता भएको थियो,त्यस समय राजीव गाँधी प्रधानमंत्री थिए।त्यसरी नै २००७ मा विमल गुरूङले २००७ मा गोर्खा जनमुक्ति मोर्चाको गठन गरेर आन्दोलन शुरू गरेका थिए अनि २०११ मा केन्द्रको कागे्रस गठबन्धन सरकारले गोर्खाल्याण्ड क्षेत्रिया प्रशासनको दस्तावेजमाथि त्रिपक्षीय सम्झौता गरेको हो। सन १९९२ मा केन्द्रमा काग्रेस गठबन्धनकै सरकार थियो अनि नेपाली भाषाले सम्बैधानिक मान्यता पाएको हो। दार्जीलिङ पहाड अनि गोर्खाहरूले आजसम्म जे जति पाएको छ काग्रेसको शासनकालमा नै पाएको तिनले बताए। विगत १५ बर्षदेखि भारतीय जनता पार्टीले गोर्खा हरूलाई भ्रम जालमा हाल्दै भोट हत्याउँने काम गर्दै आई रहेको छ।भाजपाले आफ्नो संकल्प पत्रमा उलेख गरेको एउटै पनि कुरालाई आजसम्म पूरा गरेको छैन। गत २०१९ को लोकसभा चूनावमा दार्जीलिङ पहाड एंव गोर्खाहरूको दीर्धकालिन समस्यालाई स्थायी राजनैतिक समाधान गर्ने लिखित वाचा गरेको थियो तर आजसम्म पूरा गरेको छैन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *