नयॉं दिल्ली: सम्पूर्ण उत्तर भारत शीतलहरको चपेटमा छ। दिल्ली एनसीआरका मानिसहरू भीषण जाडोको चपेटमा परेका छन्। राष्ट्रिय राजधानी दिल्लीको सफदरगंजमा आज बिहान न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस दर्ता गरिएको छ।
दिल्ली एयरपोर्टले बाक्लो कुहिरोका कारण उडान सञ्चालनमा ढिलाई हुने सूचना दिएको छ।
यसले घरेलू र अन्तरराष्ट्रिय आगमन र प्रस्थान दुवैसहित लगभग १२० उडान प्रभावित भएका छन्। २१ घरेलू आगमन, १६ घरेलू प्रस्थान, १३ अन्तरराष्ट्रिय प्रस्थान र तीन अन्तरराष्ट्रिय आगमनसहित कुल ५३ उडान कुहिरो र अन्य परिचालन कारणहरूले दिल्ली हवाई अड्डाबाट रद्द गरिएका छन्।
रेलवे अधिकारीहरू अनुसार, दिल्ली पुग्ने २० ट्रेन कुहिरोका कारण विलम्बका साथ चलिरहेका छन्। यस बिच कर्तव्य पथमा गणतन्त्र दिवस परेडको रिहर्सल जारी छ। उत्तर प्रदेशको मुरादाबाद बिहान बाक्लो कुहिरोले ढाकिएको थियो। दृश्यता पनि एकदमै कम रह्यो।
भारत मौसम विज्ञान विभाग अनुसार, अमृतसरमा आज न्यूनतम तापक्रम ५ र अधिकतम १२ डिग्री सेल्सियस रहने आशा छ। आज बिहान सात बजीको नवीनतम सेटेलाइट फोटो जारी गरिएको छ। विभागले भनेको छ, आधा रातपछि बिहार, पूर्वी उत्तर प्रदेश, उत्तर मध्य प्रदेश र दिल्लीमा कुहिरो हल्का कम भएको छ। तर, पंजाब, हरियाणा, पश्चिम उत्तर प्रदेश र उत्तर प्रश्चिम राजस्थानका केही ठाउॅंहरूमा बाक्लो कुहिरो लागेको छ।










