कोलकाताको न्यू मार्केटमा आज हडताल

e451f503-a996-4a08-ab1e-46eda968dab9

फुटपाथ अतिक्रमण विरुद्ध संयुक्त व्यापारी महासंघले आह्वान

कोलकाताः फुटपाथ अतिक्रमणको विरोधमा बुधबार न्यू मार्केटका अधिकांश पसल बन्द रहने छन्। फुटपाथ कब्जा गर्ने फेरीवालाको विरोधमा संयुक्त व्यापारी महासङ्घले बन्दको आह्वान गरेपछि न्यू मार्केट क्षेत्रका पसल बिहानदेखि दिउँसो ३ बजेसम्म बन्द रहने भएको छ। त्यसैले आज बिहानैदेखि न्यू मार्केटमा सन्नाटा छाएको छ।
फेरीवालाले फुटपाथ अतिक्रमण गरेको र कालो टपमा पसल बनाएको विरोधमा आगामी जनवरी १७ न्यू मार्केटका सबै स्थायी पसलहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पसल बन्द राखेर आन्दोलन गर्ने संयुक्त व्यापारी महासंघका महासचिव राजीव सिंहले जानकारी दिए। उनले कोलकाता नगरपालिका र टाउन भेन्डिङ कमिटी अधिकारीहरूसँग वर्षौं वर्ष बैठकहरू गरे पनि न्यू मार्केटमा फुटपाथ अतिक्रमण रोक्न कुनै कदम चालिएको छैन भन्नुभयो। अवैध रुपमा कालो टप खन्याएपछि यो ऐतिहासिक बजारमा ग्राहकलाई हिँड्न समेत मुस्किल भएको छ। फेरीवालाहरूले फुटपाथ अतिक्रमण गर्दा न्यू मार्केटका स्थायी पसलहरूको व्यवसाय समेत प्रभावित भएको छ। टिभिसी नियम अनुसार, फेरीवालाहरूले फुटपाथको एक तिहाइ भागमा मात्र स्टलहरू राख्न सक्छन्। जबकि कालो टपमा दाला लगाउन पूर्ण रूपमा निषेध गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement