एमएस धोनीमाथि मानहानिको मुद्दा

IMG-20240117-WA0149.jpg

राँची, १७ जनवरीः भारतका महान क्रिकेटर तथा आईपीएलमा चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनीमाथि उनका दुई पूर्व बिजनेस पार्टनर मिहिर दिवाकर र पत्नी सौम्या दासले मानहानिको मुद्दा दायर गरेका छन्। यस जोड़ीले धोनीमाथि गलत आरोप लगाएर उनीहरूको प्रतिष्ठालाई नोक्सान पुऱ्याइएको आरोप लगाएको छ। धोनीले केही दिन अघि आफ्ना दुई पूर्व बिजनेस पार्टनरमाथि धोका दिएको आरोप लगाएका थिए। धोनीले यी दुईमाथि उनलाई क्रिकेट एकाडमी खोल्ने अनुबन्ध दिइएको भए पनि त्यसलाई पूरा नगरिएको अनि १५ करोड़ रुपियाँ गुटमुटाएको आरोप लगाएका थिए। यसपाली दिवाकर र उनकी पत्नी सौम्याद्वारा दायर नालिश अनुसार, धोनीद्वारा लगाइएको १५ करोड़ रुपियाँ हिनामिना गरेको आरोप सम्पूर्ण रूपले झूटो हो अनि यस मामिलाको सुनुवाई हाईकोर्टमा १८ जनवरीमा हुनेछ। उल्लेखनीय छ, चेन्नई सुपर किंग्सलाई कप्तानको रूपमा पाँचौं आईपीएल ट्रफी दिलाएपछि धोनी विश्वको सबैभन्दा लोकप्रिय टी२० लीगमा संयुक्त रूपले सबैभन्दा सफल कप्तान बनेका थिए। उनले अगस्त २०२०-मा न्यूजील्याण्ड विरुद्ध विश्व कप २०१९-को सेमिफाइनल म्याचको साथ अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *