मिरिक गोपालधारा र रोहिनी सेवेन सेमिफाइनलमा

photocollage_202411711624129.jpg

१७ जनवरीः रोहिनी युथ क्लबको तत्त्वावधानमा आयोजित शहीद मिलन तामाङ स्मृति ओपन मिनी पोस्ट नक्आउट फूटबल टुर्नामेण्टमा मंगलवार अन्तिम दुईवटा क्वार्टर फाइनल म्याच खेलियो। रोहिनी लेकमाथि स्थित गैरी गाउँ खेल मैदानमा भएको पहिलो म्याचमा मिरिक गोपालधाराले नयाँ कमान ए टीमलाई पेनल्टी शूटआउटमा १-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। यसरी दोस्रो म्याचमा रोहिनी सेवेनले सिटोंगलाई ४-१-ले पराजित गऱ्यो। यी दुई टीमको साथमा सुकना युनाइटेड र चैतेपानीले अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ। पहिलो सेमिफाइनल १८ र दोस्रो सेमिफाइनल १९ जनवरीमा हुनेछ। टुर्नामेण्टको फाइनल २१ जनवरीमा खेलिनेछ। यस फोर ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *