लामा गाउँ गोल्ड कपःरोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो एलजीएसए

photocollage_202411702740957.jpg

१६ जनवरीः लामा गाउँ वेलफेयर सोसाइटीको तत्त्वावधानमा आयोजित प्रतिष्ठित लामा गाउँ गोल्ड कप फूटबल टुर्नामेण्टको नवौं सीजनमा लंगुरदांग गेम्स एण्ड स्पोर्ट्स एसोसिएशन (एलजीएसए)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। मंगलवार खेलिएको टुर्नामेण्टको तेस्रो क्वार्टर फाइनल म्याचमा एलजीएसए-ले नेपालको टीम एमएफसी फिक्कललाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट ग्याल्सन लिम्बु र आशिष चापागाईंले गोल गरे। यसरी नेपालको टीमबाट मिंगमा गुरुङले गोल गरे। बुधवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा युनाइटेड फूटबल क्लब दार्जीलिङ र प्लेईंग सेवेनबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा शीर्ष टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। उल्लेखनीय छ, गत वर्ष भएको टुर्नामेण्टको आठौं सीजनमा लोवर कैंजले स्पोर्टिंग क्लब (एलकेएससी) च्याम्पियन भएको थियो। फाइनलमा एलकेएससी-ले सिंगलिंग स्पोर्टिंग क्लब (सिक्किम)-लाई ४-२-ले पराजित गरी खिताब जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement