मेरो पत्नी तारा गुरुङलाई बचाइ दिनु होस न: अमृत प्रसाद गुरुङ

Screenshot_20240116_154707_WhatsApp.jpg

मङ्गपु: दार्जीलिङ जिल्ला अन्तर्गत मङ्गपु लाब्दा बस्ति निवासी श्रीमती तारा गुरुङ जो हाल नर्थ बङ्गाल न्युरो सेन्टर प्रधान नगर सिलिगुडीमा उपचाराधिन छिन। अचानक तिनको हार्टमा समस्या भएर एन्जियोप्लास्टी गर्न बाध्य बने पछि श्री अमृत प्रसाद गुरुङ ज्यु अहिले घरि नर्सिङ होमको बिल तिर्न नसकेर चारै दिशा घुमी रहेका छन सहयोगको भिख माग्दै। अमृत प्रसाद गुरुङ ज्यु ले गोर्खा च्यारिटेबल हस्पिटल लाई पनि सहयोगको निम्ति अपिल गरे पछि आँखा रोगका विशेषज्ञ डाक्टर राजेन प्रधान ज्युले पनि श्रीमती तारा गुरुङ लाई सहयोग गरि दिने फोन मार्फत अपिल गरे पछि आज हामी प्रधान नगर सिलिगुडी पुगेर बिरामीका पति श्री अमृत प्रसाद गुरुङ ज्यु सग भेट गरि तिनको सम्पुर्ण बिवरण लियो। उनिहरु एक बिपन्न परिवारका भएको अनि घरमा कमाउने कोहि नभएको अनि नर्सिङ होममा अझ प्रायः तिन लाख रुपे जस्तो नर्सिङ होममा बिल तिर्न पर्ने रहेछ। श्री अमृत प्रसाद गुरुङ ले सबैलाई सहयोगको अपिल गरेका छन। तिनको बैंकको बिवरण निम्न प्रकार छ: SBI HAKIMPARA BRANCH ACCOUNT NO : 39836619342 IFSC CODE: SBIN GPAY: 9735419792 CONTACT NUMBER: 9563064368/ 7908448189 हामी गोर्खा च्यारिटेबल हस्पिटलको पक्षबाट हजुरहरु सबैलाई उपरोक्त बिरामी श्रीमती तारा गुरुङ लाई सक्दो सहयोग गरि तिनलाई नयाँ जीवन दिलाइ दिने बिनम्र निवेदन गर्दछौं।

सुरेन प्रधान
महासचिव
गोर्खा च्यारिटेबल हस्पिटल साङठनिक समिति

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *