गान्तोक: लोवर सिच्छेस्थित सन्त निरंकारी मण्डलको एक कार्यक्रम आयोजना गरियो। उक्त कार्यक्रममा सदगुरू माता सुदेच्छाजी महाराजको उपस्थिति रहेको थियो। यसका साथै शिक्षा विभाग मन्त्री केएन लेप्चा, सिक्किम विधानसभाका अध्यक्ष अरूण उप्रेती लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
यस अवसरमा राज्य र राज्यबाहिरका भक्तजनको बाक्लो उपस्थिति रहेको थियो। उनको प्रवचन सुन्नको निम्ति राज्यको विभिन्न स्थानबाट भक्तजन आएका थिए। राज्यमा आयोजना गरिएको एक दिवसीय यस कार्यक्रममा सदगुरू माता सुदेच्छाजी महाराजको दर्शन पाउनको निम्ति दार्जीलिङ, कालेबुङ, डुवर्स, सिलगढी लगायत सिक्किम राज्यको छ वटा जिल्लाबाट अनुयायीहरू बिहानदेखि पर्खेर बसेका थिए।











