गान्तोक: जनता भेट्ने क्रममा आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सारेगामापा लिटल च्याम्पकी बिजेता जेत्सेन डोना लामासँग पनि भेट गरे। यस अवसरमा लामासँग उनको गुरू, आमा पनि उपस्थित रहेका थिए।
भेटको क्रममा मुख्यमन्त्री तामाङले उनलाई उज्जवल भविष्यको निम्ति शुभकामना पनि दिएका छन्। विशेष गरेर आज जोरथाङस्थित कर्फेक्टारमा जनता भेटने क्रममा जेत्सेन डोना लामा पनि मुख्यमन्त्रीलाई धन्यवाद दिनको निम्ति आफ्नो आमा र गुरूसहित पुगेकी थिइन्। यस अवसरमा उनले लामाकी गुरूलाई अझ स्वार तिखार्न र उनको कलालाई गुणस्तरीय बनाउने आग्रह गरेका छन्।