यस्तो संयोग! राम मन्दिर र नेपालको हुलाक टिकट

IMG-20240116-WA0233.jpg

आउँदो २२ जनवरीमा अयोध्याको नयाँ राम मन्दिर उदघाटन हुनेछ। यस बेला सर्वत्र राम मन्दिरको चर्चा छ। यसैबीच सन् १९६७ मा नेपालबाट जारी भएको हुलाक टिकट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छl यो हुलाक टिकट कहाँको हो र कससँग छ भन्ने कुरा मानिसहरूले खोजिरहेका छन्l यो दुर्लभ हुलाक टिकट लखनऊका अशोक कुमारसित रहेको समाचारमा उल्लेख गरिएको छ। उनले यसलाई आफ्नो द लिटिल म्युजियममा सुरक्षित राखेका छन्। यो हुलाक टिकटलाई दुर्लभ भनिएको छ किनभने यसको पछाडि कुनै रहस्य लुकेको छ।
नेपालमा भगवान श्री रामको ससुराली घरबाट जारी भएको ५७ वर्ष पुरानो हुलाक टिकट भाइरल भइरहेको छ, जसलाई एउटा अचम्मको संयोग मानिएको छ। सन् १९६७ मा जारी गरिएको यो हुलाक टिकट भगवान राम र सीतालाई समर्पित गरिएको थियो, जसमा संयोगवश राम मन्दिरको अभिषेकको वर्षसित मिलेको छ। १५ पैसाको यो हुलाक टिकटमा राम नवमी २०२४ लेखिएको छ। द लिटिल म्युजियमका सञ्चालक अशोक कुमारले यो हुलाक टिकट नेपालमा सन् १९६७ मा जारी भएको बताएका छन्। यस हुलाक टिकटमा भगवान श्रीराम धनुष र वाणको साथमा छन्। माता सीता पनि उनको अगाडि छिन्। १५ पैसाको यस टिकटमा ‘राम नवमी २०२४’ लेखिएको छ। यो हुलाक टिकट १८ अप्रेल, १९६७ मा राम नवमीको अवसरमा जारी गरिएको थियो। उनले यो हुलाक टिकट कसैबाट किनेको बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *