सिलगढी: सिक्किममा भीषण बाढीको कारण लोना तालको बाँध भत्कियो। जसका कारण टिस्टा नदीको बहाव परिवर्तन भएको छ। त्यसैले बाढी र नदी कटानको अवस्थालाई सम्बोधन गर्न प्रदेश सिँचाइ विभागले पहल गरेको हो। प्रदेश सिँचाइमन्त्री पार्थ भौमिकले सो जानकारी दिएका हुन्। मंगलबार सिलगढी राज्य अतिथि गृहमा प्रशासनिक बैठक पछि, सिंचाई मन्त्री पार्थ भौमिकले दार्जिलिङ, जलपाईगढी र कुचबिहार जिल्लाका सिँचाइ विभागका अधिकारीहरूसँग टिस्टा नदीको बहावमा आएको परिवर्तनलाई लिएर उच्चस्तरीय बैठक गरे। बैठकमा टिष्टा नदी बाहेक सिँचाइ विभागले अतिक्रमित जग्गा फिर्ता गर्ने, उत्तर बङ्गालका जिल्लाका मृतक खोलाहरुको पुनस्थापना र पुनस्थापनाका विषयमा छलफल भएको थियो।