हात्तीको आक्रमणबाट किसान गम्भीर घाइते

IMG-20240116-WA0202.jpg

जलपाईगढी: जलपाईगढीको बैकन्ठपुर वन विभाग बेलकोवा रेन्जको मन्डारी ग्राम पञ्चायतअन्तर्गत दोधिया चार क्षेत्रमा मंगलबार बिहान हात्तीको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। घाइतेको नाम मधुसूदन मण्डल रहेको छ। स्थानीय बासिन्दाको सहयोगमा वनकर्मीहरूले घाइतेलाई उद्धार गरी जलपाईगुडी मेडिकल कलेज र अस्पतालमा भर्ना गरेका थिए। अहिले त्यहाँ उपचार भइरहेको छ।

घटनाको खबर पाएर वन विभागको बेलाकोबा रेन्जका चिरञ्जित पाल घाइतेलाई हेर्न जलपाईगुडी मेडिकल कलेज पुगेका थिए। उनले पत्रकारहरुलाई भने कि कृषिको काम गर्दागर्दै मानिसलाई हात्तीले आक्रमण गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement