३१वटा भैँसी बंगाल-बिहार सिमाना चक्करामारीबाट उद्धार

Capture6-6.png

खोरीबारी: खोरीबारीको बंगाल बिहार सिमाना चक्करामारीबाट ३१ वटा भैँसी सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउपछि आज आरोपीलाई सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मोहम्मद जब्बार र भावना बाबु सामेल छन्। तिनीहरू उत्तर प्रदेशको मुजफ्फरपुर निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार उत्तर प्रदेशबाट असमतर्फ गइरहेको समय चक्करामारीमा एउटा कन्टेनरलाई जफत गरेर छानबीन गर्दा ३१ वटा भैँसी उद्धार गरेको छ। उद्धार गरेको भैँसीको वैध कागजपत्र नपाएपछि पुलिसले कन्टेनर सहित २ जनालाई पक्राउ गरेको हो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement