सिलगढी प्रधान नगर थाना पुलिसले हराएको ब्याग मालिकलाई सुम्पिदियो

IMG-20240116-WA0181.jpg

सिलगढी: प्रधान नगर थाना पुलिसले हराएको ब्याग उद्धार गरेपछि यसको मालिकलाई सुम्पिदिएको छ। प्राप्त जानकारी अनुसार आज बिहान दार्जिलिङ निवासी सेवानिवृत्त आईआरएस अधिकारी मुनिन्द्र लामा रिक्सामा सवार भएर सिलगढीको जङ्क्शन इलाका भएर गइरहेको समय रिक्साबाट तिनको ब्याग भुइँमा झर्यो। उक्त ब्यागमा नगद ४५ हजार रुपियाँ, मोबाइल लगायत विभिन्न समानहरू थियो। यसपछि उक्त व्यक्तिले यसबारे पुलिसलाई जानकारी गराए। अर्कोतिर, बाबलु कामती नाम गरेका एकजना व्यक्तिले उक्त ब्याग उद्धार गरेपछि प्रधान नगर थानालाई सुम्पिदिए। यसपछि पुलिसले उक्त व्यक्तिलाई हराएको ब्गाग सुम्पिदिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement