बाक्लो कुहिरोका कारण काकद्वीपमा फसेका १७५ गंगासागर तीर्थ यात्रीलाई कोस्ट गार्डले बचायो

IMG-20230410-WA0169-11-300x172-4

कोलकाताः पश्चिम बंगालको प्रसिद्ध तीर्थ गंगासागरमा पुण्य स्नानको निम्ति गएका यात्रीहरूको जत्था अब फर्किन थालेका छन्। मंगलवार बिहान बाक्लो कुहिरोका कारण १७५ तीर्थ यात्रीलाई लिएर गइरहेको फेरी नामखाना छेउ काकद्वीपमा फस्न पुग्यो। भारतीय तटरक्षक बलका जवानहरू हल्दियाबाट त्यहॉं पुगेर सबै तीर्थ यात्रीहरूलाई सुरक्षित फर्काएको छ।

कोस्ट गार्डका प्रवक्ता संजय भारद्वाजले भने, जिल्ला प्रशासनको तर्फबाट बचाउ एवं राहत कार्यको निम्ति सन्देश प्राप्त भएको थियो, जसपछि तत्काल कोस्ट गार्ड होवरक्राफ्ट तीर्थ यात्रीहरूलाई बचाउन प्रस्थान गरियो। जिल्ला प्रशासन सूत्रहरूले भने, बाक्लो कुहिरोका कारण दृश्यता एकदमै कम थियो र दिशा भट्किएकाले तीर्थ यात्रीहरूलाई लिएर गइरहेको फेरि कम पानी भएको क्षेत्रमा पुगेर फसेको थियो। यस अवधि कुनै प्रकारको अप्रिय घटना घटेको सूचना छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement