तीन दिवसीयको सट्टा दुई दिवसीय गोर्खा माघे मिलन उत्सव हुने

2e87c824-5865-4215-90cb-452d5e343c9c

कालचिनीः पारम्परिक गोर्खे माघे संक्रान्ति पर्वको संरक्षण साथै विभिन्न जातगोष्ठीमा विस्तारित नेपालीभाषी गोर्खा समाजलाई एकसुत्रमा ल्याउन अनि गोर्खा सांस्कृतिक महत्व र विविध गोर्खा जातीय पहिचानलाई बिना कुनै राजनैतिक स्वार्थसँग जोड़दै सबैमा भाइचाराको सन्देश दिनलाई आगामी १९, २० र २१ जनवरीको दिन सम्पन्न हुने तीन दिवसीय गोर्खा माघे मिलन उत्सव २०२४ लाई केवल दुई दिवसीय पालन गर्ने जानकारी मंगलवार साँझ गोर्खा माघे मिलन उत्सव कमिटीको अध्यक्ष शरण लामा र सचिव चन्दन भट्टराईले दिएका छन्। मंगलवार अपरान्ह समय रबीन्द्र-भानु-बिरसा क्लबको परिसरमा बसिएको सभामा उक्त निर्णय लिएको आयोजक कमिटीको सदस्यहरूले जनाएका छन्।
सभामा कालचिनी खण्डको विभिन्न ठाउँहरूबाट आएका विभिन्न गोर्खा जातगोष्ठीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो भने फरवरीको पहिलो हप्ताबाट माध्यमिक परीक्षा शुरु हुने र असाध्यै जाड़ो बढ़ेकोले कमिटीले यो फसेला लिएको सचिव चन्दन भट्टराईले जनाएका छन्। उक्त दुई दिवसीय मिलन उत्सवको सम्पूर्ण तयारी युद्धस्तरमा भइरहेको र यसलाई भव्यताको साथ सफल बनाउन सबै प्रतिबद्ध रहेको र दुई दिवसीय गोर्खा माघे मिलन उत्सवमा कुनै पनि राजनैतिक दल र रंग नछुट्याई सरकारी अनि सामाजिक व्यक्तित्व अनि समाजसेवीहरूलाई अतिथिको रुपमा निम्ताएको आयोजक कमिटीको पक्षबाट शरण लामा र चन्दन भट्टराईले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement