एडिलेड, १६ जनवरीः अष्ट्रेलिया र वेष्ट इण्डिजले मंगलवार एडिलेडमा दुईवटा टेस्ट म्याचको शृंखलाअन्तर्गत खेलिने पहिलो टेस्ट म्याचको निम्ति आ-आफ्नो प्रथम एकादशको घोषणा गऱ्यो। अष्ट्रेलियाई कप्तान प्याट कमिन्सले टीममा क्यामरुन ग्रीन फर्किएको पुष्टि गरेका छन्, जसलाई डेविड वार्नरले खेलको लामो प्रारूपबाट सन्न्यास लिएपछि पुनर्व्यवस्थित गरिएको छ। स्टीव स्मिथले अब टेस्ट टीममा ओपनिंग ब्याटरको भूमिका निर्वाह गर्नेछन्। यसबीच वेष्ट इण्डिजका कप्तान क्रेग ब्रेथवेटले पहिलो टेस्टमा तीनजना खेलाड़ीले पदार्पण गर्ने बताएका छन्, जसमा मध्यक्रमका दुईजना ब्याटर केवम हज र जस्टिन ग्रीव्सको साथमा पेस बलर शामर जोसेफ सामेल छन्। वार्नरले सन्न्यास लिएपछि स्मिथले वेष्ट इण्डिज विरुद्ध आउँदो दुईवटा टेस्ट म्याचको शृंखलाको निम्ति ग्रीनको निम्ति आफ्नो चौथो नम्बर छोड़ेर ओपनरको भूमिका निर्वाह गर्नेछन्, जुन १७ जनवरीदेखि एडिलेडमा शुरु हुनेछ। ग्रीनले भने, म कुनै दबाउ अनुभव गरिरहेको छुइनँ। टीममा स्टीव स्मिथ जस्ता खेलाड़ीको स्थान लिनु सजिलो चाहिँ हुनेछैन तर म आफ्नो तरिकाले खेल्नेछु। मलाई यस भूमिकाको योग्य सम्झिएकोमा म टीम म्यानेजमेण्ट प्रति कृतज्ञ छु।
पहिलो टेस्टको निम्ति अष्ट्रेलियाई टीमः
उस्मान ख्वाजा, स्टीव स्मिथ, मार्नस लाबुशेन, क्यामरुन ग्रीन, ट्रेविस हेड, मिचेल मार्श, एलेक्स केरी (विकेटकीपर), मिचेल स्टार्क, प्याट कमिन्स (कप्तान), न्याथन लियोन र जोश हेजलवुड।
पहिलो टेस्टको निम्ति वेष्ट इण्डिज टीमः
क्रेग ब्रेथवेट (कप्तान), टी चन्द्रपल, किर्क म्याकेञ्जी, एलिक अथानाजे, केवम हज, जस्टिन ग्रीव्स, जोशुआ डीसिल्वा (विकेटकीपर), गुदाकेश मोती, अल्जारी जोसेफ, शमर जोसेफ र केमार रोच।