दार्जीलिङ: राजनैतिक फाइदा उठाउनु होइन तर गोर्खाको गरिमा बचाउन भारत जोडो न्याय यात्रामा हामी सामेल भएका हौं भनी हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले बताएका छन्। मणिपूर राज्यको राजधानी इम्फालदेखि शुरू भएको भारत जोडो न्याय यात्रा आज नागाल्याण्ड पुग्यो।भारत जोडो न्याय यात्रामा हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स लगायत केन्द्रीय नेतृत्वहरू सामेल भएका छन्।कंग्रेस सांसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा हाम्रो पार्टीको सहभागितालाई लिएर पहाडको राजनैतिक पृष्ठ भूमिमा विभिन्न प्रकारको अडकलबाजीहरू लगाउने कार्यहरू शुरू भईरहेको छ। यस अडकलबाजीहरूलाई स्पष्ट पार्दै हाम्रो पार्टी केन्द्रीय प्रवक्ता श्याम गौतमले राजनैतिक फाइदा उठाउन हामी भारत जोडो न्याय यात्रामा जोडिएका होइनौं तर गोर्खाहरूको गरिमा बचाउन यसो गरिएको बताएका छन्।भन्ने तिनले बताएका छन। उनले अधि भने, ‘मणिपूरको इम्फालदेखि शुरू भएको भारत जोडो न्याय यात्रा आज नागाल्याण्ड आईपुगेको छ। भारत जोडो न्याय यात्रामा हामीले सहभागिता जनाएर देशलाई गोर्खा चिनाउने काम गरेका छौं अनि यस कार्यमा हामी काफी हदसम्म सफल पनि भएका छौं। भारत जोडो न्याय यात्रामा हाम्रो पार्टीको सहभागितामाथि विभिन्न प्रकारको अडकलबाजीहरू लगाउने कार्यहरू पनि भईरहेको छ। तर म हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता भएको नातामा स्पष्ट पार्न चाहान्छु जब जब देशलाई आपत र संकट आईपर्छ तब तब गोर्खाहरूले प्राणको आहुति दिन्दै देशको सुरक्षा गरेको छ।देश स्वाधीनताको आन्दोलनमा पनि गोर्खाहरूले आफ्नो प्राणको आहुति दिएको छ। देशको राष्ट्रिय गीतमा गोर्खे संगीतकार रामसिंह ठकुरीले धून दिएको हो, देशको संविधानको निर्माण कार्यमा गोर्खे विद्वान् अरिबाहादुर गुरूङले हस्ताक्षर गरेको हो। भारत जोडो न्याय यात्राले आज देशको उतरदेखि दक्षिणलाई जोडने अभियान चलाईरहेको छ अनि यो अभियानमा हाम्रो पार्टीले गोर्खाहरू चिनाउने अभियान चलाएको छ। तर कुनै पनि विषयलाई राजनैतिक चश्माले हेर्नु हुदैन प्रवक्ता श्याम गौतमले भने।उनले फेरि भने, ‘राजनीति एक छेवमा छ अनि चूनाव अर्को विषय हो। भोलीको दिनमा चूनावको घोषणा हुन्छ भने पार्टीले त्यस बारे बैठक डाकेर के गर्ने के नगर्ने भन्ने विषयमाथि निर्णय लिनेछ प्रवक्ता श्याम गौतमले भने। नागाल्याण्डको माटोलाई देख्दा हामीलाई लाग्छ यहाँको माटोले न्याय पाएको छ।आज हामीले जसलाई पनि भेट्दैछौ उनीहरूसंग हामी गोर्खा हितको विषयमा बात गर्दैछौं। नागाहरूले जस्तो गोर्खाहरूले पनि आफ्नो माटोलाई अधिकारिक रूपमा आफ्नो बनाउनुपर्छ भन्ने हाम्रो लक्ष्य हो प्रवक्ता श्याम गौतमले भने।भोलीको दिन केन्द्रमा जो कसैको सरकार बनोस तर एक दिन हाम्रो यो भूमि हामीले हाम्रो बनाएरै छोड्ने छौं। यदि केन्द्रमा कांग्रेसको सरकार गठन भएर पनि गोर्खाले न्याय नपाएको खण्डमा हामी आजको न्याय यात्रा उनीहरूलाई स्मरण गराउने छौ। उनले भने हाम्रो पार्टीले भारत जोडो न्याय यात्रामा सहभागिता जनाउँदा अहिले पहाडमा धेरै प्रकारको अडकलबाजीको राजनीति शुरू भएको छ। इण्डिया गठबन्धन भएर हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स तृणमूल काग्रेसको टिकटमा चुनावमा ओर्लिनेछ भन्ने जस्ता झूठो अडकलबाजीहरू लगाउने कार्यहरू पनि भईरहेको छ तर यी सबै झूठो मात्र हो। एक अफवाह मात्र हो। भारत जोडो न्याय यात्रा हाम्रो सहभागिता एउटा विषय हो अनि चुनाव अर्को विषय हो। कुनै पनि विषयलाई राजनैतिक चश्माले हेर्नु हुँदैन प्रवक्ता श्याम गौतमले भने। हाम्रो पार्टीले भारत जोडो न्याय यात्रामा सहभागिता जनाउनु भनेको गोर्खा बचाउने अभियान हो तर झूठो प्रचार प्रसार गरेर अफवाह फैलाएर कमसेकम गोर्खाको स्वभिमानलाई धमिलाउने काम नगरेको राम्रो हो प्रवक्ता गौतमले भने। उनले अझ भने ट, जब चुनावको घोषणा हुन्छ तब हाम्रो पार्टी बैठक डाकेर आफ्नो अडान स्पष्ट गर्नेछ। आज हामी यहाँ घूम्न आएको होइनौं। रमाउन आएको पनि होइनौ गोर्खाको गरिमा बचाउँन आएको हौ।हाम्रो पार्टीले चुनावमा गठबन्धन गर्न र टिकटको निम्ति भारत जोडो न्याय यात्रामा सहभागिता जनाएको होइन प्रवक्ता श्याम गौतमले स्पष्ट शब्दमा भने।